Recent News and Events

बाली संरक्षण तालिम
Published By: Admin        on: 2018-01-28


निजी प्रविधिक सेवा प्रदायकहरुको लागि वेमौसमी तरकारी बालीमा बाली संरक्षण सम्वन्धी ३ दिने तालिम सुर्खेतको वीरेन्द्रनगरमा सुरु भएको छ ।

उच्च मूल्य कृषि वस्तु विकास आयोजना सुर्खेतको आयोजनामा भएको तालिममा सुर्खेत, दैलेख, कालिकोट, जाजरकोट, अछाम, सल्यान र जुम्ला जिल्लाका नीजि प्राविधिक सेवा प्रदायकको सहभागीता रहेको छ ।





तालिम उद्घाटन गदै क्षत्रीय कृषि निर्देशक शीव नारायण चौधरी रोग लागिसकेपछि उपचार गर्नु भन्दा तरकारी वालीमा रोगनै लाग्न नदिन सावधानि अपनाउन किसानलाई सरसल्लाह दिने गरी कामगर्न सहभागीलाई सुझाव दिनुभयो ।

उहाँले तरकारी वालीमा लाग्ने विभिन्न किसमका रोगहरु वारेमा समयमै किसानलाई जानकारी दिएर ठुलो क्षेती हुनवाट जोगाउनु पर्नेमा पनि जोड दिनुभयो ।

उच्च मूल्य कृषि वस्तु विकास आयोजना सुर्खेतका प्रमुख राजेन्द्रप्रसाद भारीले किसानलाई छिटो, भरपर्दो र गुणस्तरीय वाल संरक्षण सेवा दिएर उनीहरुको आय बृद्धिमा सहयोग गर्न सेवा प्रदायकलाई आग्रह गर्नुभयो ।

तालिममा सिकेका कुराहरु व्यवहारमा लागु गर्न सके तालिम उपलव्धीमूलक हुने भन्दै उहाँले यसवाट किसान तथा सेवा प्रदायक दुवै पक्षको व्यवसाय फस्टाउने विश्वास पनि व्यक्त गर्नुभयो ।





उच्च मूल्य कृषि वस्तु विकास आयोजनाका बरिष्ठ कृषि अधिकृत चित्रबहादुर रोकायले तालिम कार्यक्रमका सहभागीलाई स्वागत गदै तालिमको उदेश्यवारे प्रकाश पार्नु भयो ।

यस्तै जिल्ला कृषि विकास कार्यालय सुर्खेतका प्रमुख कालिप्रसाद कोइरालाले कृषक व्यवसायीहरुको वेमौसमी तरकारी वाली लगायत अन्य वालीहरुमा रोग किराहरुको समस्या नै प्रमुख रहने हुँदा तालिममा तालिममा राम्रोसँग ध्यान दिइ रोग किराको पहिचान, क्षेतिका लक्षिणहरु र रोकथाम तथा नियन्त्रणका उपायवारे ज्ञान हासिल गर्न सुझाव दिनुभयो ।

तालिममा कृषि विभाव वाली संरक्षण निर्देशनालयका बरिष्ठ वाली संरक्षण अधिकृत राजीव दास राजभण्डारी, बाली संरक्षण अधिकृत शालिकराम अधिकारी र बरिष्ठ कृषि अधिकृत चित्रबहादुर राकोयले प्रशिक्षण दिनु हुने सेवा बजार सुदृढिकरण विज्ञ रामप्रसाद पुलामीले जानकारी दिनुभयो ।





तालिममा आयोजना लागु भएका ७ जिल्लाका ३० जना नीजि प्राविधिक सेवा प्रदायकहरुको सहभागीता रहेको पनि उहाँले बताउनु भयो ।

तालिमको सहजीकरण उच्च मुल्य कृषि वस्तु विकास आयोजनाका सेवा बजार सुदृढिकरण विज्ञ पुलामीले गर्नु हुनेछ । तालिम उदघाटन कार्यक्रमको संचालन सामाजिक विकास अधिकृत रुद्र आचार्यले गर्नु भएको थियो ।