Recent News and Events

माटो परिक्षण तथा व्यवस्थापन तालिम
Published By: Admin        on: 2018-01-28


सुर्खेतको वीरेन्द्रनगरमा नीजी प्राविधिक सेवा प्रदायकहरुको लागि वेमौसमी तरकारी बालीमा मोटो परिक्षण तथा व्यवस्थापन सम्वन्धी ४ दिने तालिम सम्पन्न भएको छ ।

उच्च मूल्य कृषि वस्तु विकास आयोजनाले आयोजना गरेको तालिममा जुम्ला, कालिकोट, अछाम, दैलेख, सुर्खेत, सल्यान र जाजरकोटका १८ जना नीजी प्राविधिक सेवा प्रदायकहरुको सहभागीता रहेको थियो  ।

तालिममा माटो परिक्षण तथा व्यवस्थापन, क्रप, नू एप्लीकेशन र जिआइएसमा आधारित अनुकूलता नक्साङकन बारेमा सैदान्तिक र व्यवहारिक जानकारी दिइएको छ ।

माटोको भौतिक, रासायणिक र जैविक गुणहरु, वोट विरुवाको लागि आवश्यक खाद्य तत्वहरु, विरुवामा खाद्य तत्वहरुको कमीका लक्षणहरु र सुधारका उपायहरुबारेमा पनि जानकारी दिइएको छ ।





यस्तै माटोको वनौट, मलखाद र सिार्य व्यवस्थापन, प्रांगारिक पदार्थको महत्व, स्रोतहरु र व्यवस्थापन, माटोको परिक्षण विधी, माटो परिक्षणका लागि नमुना संकलन, कीट वक्स विधीवाट माटोमा भएको खाद्य तत्वहरुको जाँच, र नजिताको आधारमा माटो व्यवस्थापन मलखाद सिफारिस वारेमा पनि सहभागीलाई ज्ञान दिएको आयोजनाका सेवा बजार सुदृढिकरण विज्ञ रामप्रसाद पुलामीले बताउनु भयो ।

तालिममा पिएच मिटरवाट माटोको अम्लिय र क्षरियपनको जाँच गर्ने तरिका, बालीको पोषक तत्वको प्रयोग र जिआइएसमा आधारित बाली अनुकुलता नक्साङकन बारेमा पनि सहभागीलाई सैद्धान्तिक र व्यवहारिक ज्ञान दिइएको पनि उहाँले बताउनु भयो ।

तालिममा माटो व्यवस्थापन निर्देशनालयका प्रमुख माटो विज्ञ इन्द्रबहादुर ओली र माटो विज्ञ वलराम रिजालले प्रशिक्षण दिनु भएको थियो ।

तालिमको समापन गदै आयोजना प्रमुख राजेन्द्रप्रसाद भारीले कृषिमा आधुनिकिकरण हुदै गएको भन्दै नयाँ नयाँ प्रविधिको प्रयोगवाट नै किसानले अधिकतम फाइदा लिन सक्ने बताउनु भयो ।

उहाँले तालिमका सिकेका कुरा व्यवहारमा लागु गर्न पनि तालिमका सहभागीहरुलाई सुझाव दिनुभयो ।