Recent News and Events

अछामका ४१ वटा उप–आयोजना स्थानीय तहलाई हस्तान्तरण ,नयाँ आयोजना पनि संचालन गर्न जनप्रनिधीको आग्रह
Published By: prakash panta/HVAP        on: 2018-09-07


अछाम,२१ भदौ ।


उच्च मूल्य कृषि वस्तु विकास आयोजनाले अनुदान सहयोग गरेका अछाम जिल्लाका ९ सय २८ घरधुरी किसानको आम्दानी २ सय ७६ प्रतिशतले बृद्धिको छ । आधार वर्षमा प्रतिघरधुरी २ हजार ३ सय ९१ रुपैया रहेको  आम्दानी आयोजना सम्पन्न हुँदा बढेर ८५ हजार १ सय ८१ रुपैंैया पुगेको छ । आयोजनासँग सहकार्य गरेका ४१ वटा उप–आयोजनामा आवद्ध किसानहरु आधार वर्षको तुलनामा ८२ हजार ७ सय ८९ रुपैया अर्थात २ सय ७६ प्रतिशत अतिरिक्त आम्दानी गर्न सफल भएका छन । मुल्य श्रृख लगत आधारमा खसीबोकामा १ लाख १४ हजार, बेमौसमी तरकारीमा १  लाख ४ हजार, बेसारमा २४ हजार ७ सय र टिमुरमा १२ हजार रुपैंया अतिरिक्त आम्दानी गर्न किसान सफल भएका छन ।


आयोजनाको सहयोगपछि किसानको आम्दानीसगै कृषि जन्यवस्तुको उत्पादन र विक्री परिमाणमा बृद्धि भएको आयोजनाले जनाएको छ । आधार वर्षमा ९० मेट्रिक टन रहेको उत्पादन आयोजना सम्पन्न हुँदा बढेर ९ सय ८७ मेट्रिक टन पुगेको छ भने आधार वर्षमा प्रतिवर्ष ६४ मेट्रिक टन रहेको विक्री परिमाण बढेर आयोजना सम्पन्न हुँदा ९ सय ५३ मेट्रिक टन पुगेको छ ।   


आयोजनाले अनुदान सहयोग गरेका ९ सय २८ घरधुरीका किसानमध्ये ७४ प्रतिशत महिला र २६ प्रतिशत पुरुष रहेका छन । यस्तै आयोजनाको अनुदान पाउनेमा तीन महिनासम्म खान पुग्ने (अतिगरिव) ३० प्रतिशत, ३ देखि ६ महिनासम्म खानपुग्ने (मध्यमगरिव)४० प्रतिशत, ९ महिनादेखि ९ महिनासम्म खानपुग्ने (समान्य गरिव) २० प्रतिशत र बाह्रैमहिना खानपुग्ने (सम्पन्न) १० प्रतिशत किसान रहेको आयोजनाका प्रमुख राजेन्द्रप्रसाद भारीले जानकारी दिनुभयो । 


यसैवीच उच्च मुल्य कृषि बस्तु विकास आयोजनाले आफुले संचालन गरी सम्पन्न गरेका अछामका ४१ वटा उप–आयोजनाहरु सम्वन्धित स्थानीय तहलाई  हस्तान्तरण गरेको छ । बिहिवार तुर्माखाँदमा भएको ‘आयोजना सम्पन्न गोष्ठी’ मा कृषक समुह÷सहकारी संस्था र निजी सेवा  प्रदायकहरुले संचालन गरी सम्पन्न गरेका उप–आयोजनाहरु सम्वन्धित स्थानीय तहलाई हस्तान्तरण गरिएको हो । आयोजना प्रमुख राजेन्द्रप्रसाद भारीले तीन वटा तहलाई विस्तृत बिवरणसहित ४१ वटा उप–आयोजना हस्तान्तरण गर्नु भएको छ । उहाँले तुर्माखाँद गाउँपालिकाका अध्यक्ष पुष्पराज शर्मालाई ३० वटा, पंचदेवल बिनायक नगरपालिकाका कार्यबाहक प्रमुख लक्ष्मीकान्त देवकोटालाई ९ वटा र कमलबजार नगरपालिकाका उपप्रमुख भूमिशरण बजगाईलाई २ वटा उप–आयोजना हस्तान्तरण गर्नु भएका हो । हस्तान्तरण गरिएका उप–आयोजनामा बेमौसमी तरकारीका १४, खसीबोकाका १९, बेसारका ६ र टिमुरका २ छन । 


 गोष्ठीमा आयोजना प्रमुख भारीले उच्च मूल्य कृषि वस्तु विकास आयोजनाले अछामका किसानलाई २ करोड २४ लाख रुपैया अनुदान सहयोग गरेको बताउँनु भयो ।  उहाँले खसीबोका, बेमौसमी तरकारी, बेसार र टिमुर मुल्य श्रृंखलामा अनुदान पाएपछि लाभग्राही किसानले पनि आफ्नो तर्फबाट १ करोड ३ लाख रुपौया लगानी गरेको उल्लेख गर्नुभयो ।   


आयोजनाले लाभग्राही आधुनिक बाख्राको खोर, टनेल हाउस लगायत  पूर्वाधार निर्माण गरेको छ । यस्तै व्यवसायिक साक्षरता कक्षा, तालिम, अवलोकन भ्रमण गराएर किसानलाई उद्यमसिल क्षमता र सीपको विकासमा सहयोग गरेको छ । आयोजनाले किसानले उत्पादन गरेका  कृषिजन्य वस्तुको बजारमा पहुँच स्थापित गर्न किसान र व्यापारीवीच सम्वन्ध जोड्न पनि सहयोग गरेको जनाएको छ । 


गोष्ठीमा सहभागी स्थानीय तहका प्रमुख, किसान, व्यापारी र निजी सेवा प्रदायकले आयोजनाले गरिव किसानको जीवनस्तर सुधारमा महत्वपूर्ण भुमिका निर्वाह गरेको बताएका छन ।


कार्यक्रममा तुर्माखाँद गाउँपालिकाका अध्यक्ष पुष्पराज शर्माले उच्च मूल्य कृषि वस्तु विकास अयाोजनाले धेरै राम्रो काम गरेको भन्दै प्रशंसा गर्नुभयो । उहाँले आयोजनाले समेटेका स्थानीय तहलाई आउदै गरेको कृषि क्षेत्र विकास कार्यक्रममा पनि समेटन आग्रह गर्नुभयो । उहाँले नयाँ कार्यक्रम संचालन गर्न सवै स्थानीय तहसँग समन्वय गरेर सक्दो पहल गर्ने प्रतिवद्धता समेत उहाँले व्यक्त गर्नुभयो ।   


गोष्ठीमा हर्कबहादुर बुढा, हरिशचन्द्र देवकोटा, तारा कठायत, पुष्प तिमिल्सेना, बखत कठायत लगायतले किसानले आयोजनाको सहयोगपछि आफु र आफ्नो समुहका सदस्यहरुमा आएको परिवर्तन सम्वन्धी अनुभव तथा सिकाई सुनाउदै नयाँ कार्यक्रममा अछामलाई पनि समेटन आग्रह गर्नुभयो । कार्यक्रममा आयोजनालाई कार्यान्वयन गर्न सहयोग गर्ने विभिन्न सरकारी तथा गैरसरकारी निकाय तथा उपआयोजनालाई प्रशंसा पत्र प्रदान गरिएको थियो । कार्यक्रममा आयोजनाले तयार पारेको खसीवोका र टिमुर मूल्य श्रृंखला सम्वन्धी बृतचित्र पनि देखाइएको थियो । 


‘आयोजना सम्पन्न गोष्ठी’ को समापन गदै उच्च मूल्य कृषि वस्तु विकास आयोजनाका प्रमुख राजेन्द्रप्रसाद भारीले आयोजनालाई सफल बनाउन सहयोग गर्ने किसान, समुह÷सहकारी, सरकारी तथा गैरसरकारी संघसंस्था, सरकोकालवाला निकाय, संचार माध्यमप्रति हार्दिक आभार प्रकट गदै आगामी दिनमा पनि रचनात्मक सहयोग र साथको अपेक्षा व्यक्त गर्नुभयो । उहाँ नयाँ आयोजनालाई लागु गर्नको लागि पनि आफनो तर्फबाट रचनात्मक सहयोग रहने विश्वास व्यक्त गर्नुभयो ।