Recent News and Events

कम्वोडियाको AIMS आयोजनाको टोली सुर्खेतमा
Published By: prakash pant        on: 2018-06-11


सुर्खेत, २८ जेठ ।



IFAD को सहयोगमा संचालन हुदै आएको कम्वोडियाको Accelerating Inclusive Market for Smallholders (AIMS) आयोजनाको टोली उच्च मूल्य कृषि वस्तु विकास आयोजनाले गरेका कामको वारेमा जानकारी लिन सुर्खेत आइपुगेको छ । टोलीले सोमवार बीरेन्द्रनगरमा उच्च मूल्य कृषि वस्तु विकास आयोजनासँग छलफल गरेको छ ।





टोलीले IFAD  कै ऋण तथा अनुदानमा संचालन भएको उच्च मूल्य कृषि वस्तु विकास आयोजनाको मूल्य श्रंखला, बजारीकरण, बहुसरोकारवालका गोष्ठी, नीजि क्षेत्रको भूमिका जस्ता विषयमा जानकारी लिनेछ । यस्तै टोलीले आयोजनाको M&E तथा  MIS प्रणाली लगायतको विषयमा पनि जानकारी लिनेछ ।



कम्वोडियोको टोलीलाई उच्च मूल्य कृषि वस्तु विकास आयोजनाका प्रमुख राजेन्द्रप्रसाद भारीले उच्च मूल्य कृषि वस्तु विकास आयोजनाले अहिलेसम्म गरेका कामहरुको वारेमा जानकारी दिनु भएको छ ।





भ्रमणकै क्रममा टोलीले आयोजनाको सहयोगमा संचालन भएका समूह तथा सहकारीका साथै कृषि बजार, अदुवा र वेसार प्रशोधन उद्योगको पनि अवलोकन गर्नेछ । Accelerating Inclusive Market for Smallholders (AIMS)  आयोजनाका प्रोजेक्ट डाइरेक्टर Penn Sovicheat  को नेतृत्वमा २० जनाको टोली छ ।