Recent News and Events

CARLEP टोलीद्धारा HVAP को सिकाईबारे जानकारी
Published By: Admin        on: 2018-04-20


भुटानको CARLEP आयोजनाको टोलीले उच्च मूल्य कृषि वस्तु विकास आयोजनाको सिकाई र अनुभवहरुको वारेमा जानकारी लिएको छ । टोलीले आयोजनाले संचालन गरेको मूल्य श्रृंखला पद्धति, बहसरोकारवाला मञ्च, कृषिजन्य वस्तुको बजारीकरण, कृषक र व्यापारीवीच कसरी सहयोग र समन्य भैइरहेको छ भन्ने बारेमा जानकारी लिएको छ । इफाडको सहयोगमा  CARLEP आयोजनाले भुटानमा वेमौसमी तरकारी र डेरीमा सहयोगमा कार्यक्रम संचालन गरिरहेको छ । 


त्यस क्रममा CARLEP का प्रमुख दोर्जी वाङचुकले एचभीएपी आयोजना इफाडकै सफल मध्य एक आयोजना भएकोले यसको सिकाई र अनुभव आफ्नो आयोजनाको लागि महत्वपूर्ण पृष्ठपोषण हुने भएकोले अध्ययन अवलोकनको लागि आएको बताउनु भयो । टोलीले सुर्खेत उद्योग बाणिज्य संघले बीरेन्द्रनगरमा गरेको वहुसरोकारवाला छलफल कार्यक्रम भाग लिनुको साथै HVAP को सहयोगमा दैलेख र सुर्खेतमा संचालन भईरहेका केही समुह तथा सहकारीको स्थलगत अवलोकन पनि गरेको थियो । 


टोलीमा आयोजनाका कार्यक्रम सम्वाहक व्यवस्थापक साङगी छोडा, अनुगमन तथा मूल्याङ्कन विज्ञ कर्मा तेन्जिङ्ग, पशु सेवा विज्ञ कर्मा तेन्जिङ्गका साथै इफाडका प्रतिनिधी संजिव श्रेष्ठ सहभागी हुनुहुन्थ्यो । त्यस अवसरमा उच्च मूल्य कृषि बस्तु विकास आयोजनाका प्रमुख राजेन्द्रप्रसाद भारीले सुर्खेतमा टोलीलाई स्वागत गदै आयोजनाको उदेश्य, अहिलेसम्मको उपलव्धी, सिकाई, अनुभव सम्वन्धी जानकारी गराउनु भएको थियो ।