Recent News and Events

HVAP को सफल पृष्ठपोषण लिन IFAD का कम्वोडिया प्रमुख सुर्खेतमा
Published By: prakash panta        on: 2018-02-08



IFAD कम्वोडियाका प्रमुखSakphouseth Meng ले उच्च मूल्य कृषि वस्तु विकास आयोजनाको संचालन प्रक्रिया, सिकाई र अनुभवहरुको अध्ययन÷अवलोकन गर्ने उदेश्यले दुई दिने भ्रमणको लागि सुर्खेत आउनु भएको छ ।






IFAD कम्वोडियाले पनि उच्च मूल्य कृषि वस्तु विकास आयोजनाले जस्तै बजार मागमा आधारित पकेट क्षेत्र केन्द्रित मूल्य श्रंखला विकास सफल पद्धतिमा आधारित रही IFAD कम्वोडियाले उस्तै प्रकृतिको आयोजनाको design गरी संचालन गर्न लागेकोले सो सम्वन्धी विस्तृत जानकारी लिन सुर्खेत आएको उहाँले बताउनु भयो ।






उहाँले IFAD कै सफल मध्यको एक आयोजना भएकोले यसको सिकाई र अनुभव आफ्नो देशमा सुरु हुन लागेको आयोजनाको लागि महत्वपूर्ण पृष्ठपोषण हुने पनि उहाँले उल्लेख गर्नुभयो ।




निकट भविस्यमा उक्त आयोजना कार्यान्वयन गर्नको लागि कम्वोडियाको अर्थ र बाणिज्य मन्त्रालय लगायत आयोजनाको टोलीले उच्च मूल्य कृषि वस्तु विकास आयोजना संचालन भएको क्षेत्रको भ्रमण गर्ने उहाँले जानकारी दिनुभयो ।






Meng लाई उच्च मूल्य कृषि बस्तु विकास आयोजनाका प्रमुख राजेन्द्रप्रसाद भारीले आयोजनाको मुख्य कार्यालय सुर्खेतमा स्वागत गदै आयोजनाको उदेश्य, अहिलेसम्मको उपलव्धी, सिकाई, अनुभव लगायतको बारेमा जानकारी गराउनु भएको छ ।