डेढ दशक अघिसम्म जाजरकोट, भेरी नगरपालिका–५, इभरका मनबीर रोकाया कमाउनको लागि भारत जान्थे । उनीसामु आम्दानीका अरु बिकल्प पनि थिएनन् । २०६१ सालमा जब उनले गाउँमै तरकारी खेती गर्ने निधो गरे, तब उनको जीवनले नयाँ मोड लियो । अहिले उनी घरमै बसिबसी मनग्ये आम्दानी गर्न सफल छन् ।
पाँच रोपनी जग्गामा व्यावसायिक तरकारी खेती गर्दै आएका उनी बार्षिक करिब पाँच लाख रुपैयाँ कमाउँछन् । ‘यो खेतीमा लगानी थोरै चाहिन्छ, बरु मिहिनेत र श्रम धेरै खर्च गर्नुपर्छ,’ उनी भन्छन्, ‘मैले लगनशील भएर श्रम गरेकै कारण थोरै लगानीमा राम्रो आम्दानी गरिरहेको छु ।’
मनबीरले मलको लागि भैंसी र गोरुसमेत पालेका छन् । प्रांगरिक मलले तरकारी उत्पादन बढ्नुका साथै भैंसीको दूध बेचेर थप आम्दानीसमेत गरिरहेका छन् । तरकारी खेती गर्नुअघि घरमा सुको आम्दानी नहुने उनी अहिले आप्mनै बिगत सम्झेर दंग छन् । ‘उतिबेला त कालापहाडमा कम्ती दुःख गरिएन,’ उनले भने, ‘अहिले घरमै बसिबसी सुख र सन्तुष्टी पाइरहेको छु ।’
२०६१ सालमा कालापहाडबाट घरफर्केपछि एक्कासि मनबीरको मन बदलियो । गाउँमै बसेर केही गर्नुपर्छ भन्ने भावना पलायो । त्यही सोचले नै उनलाई तरकारी खेतीमा लालायित बनाएको हो । उनले इभरमा इभरमा प्रगतिशील कृषक समूह स्थापना गरेका छन् । त्यही समूहमार्पmत उनी व्यावसायिक कृषिसम्बन्धी गतिबिधि सञ्चालन गर्छन् । सुरुवाती चरणमा समूहलाई जिल्ला कृषि विकास कार्यालयले बीऊ, कृषि तालिम, ज्ञान–सीप र प्रविधिमा सहयोग गथ्र्यो । २०७१ सालमा उच्च मूल्य कृषि वस्तु विकास आयोजनाको सम्पर्कमा पुगेपछि आयोजनाले गाउँमा सिँचाई कुलो, सडक निर्माण, टनेल, उन्नत बीऊमा अनुदान सहयोग गरेको छ । ‘आयोजनाकै सहयोगले मैले आफ्नो र गाउँको अवस्थामा आकाशपातालको फरक आएको देखेको छु,’ समूहका अध्यक्षसमेत रहेका मनबीरले भने, ‘अहिले सिंगो गाउँ तरकारीले आत्मनिर्भर भएको छ ।’
आम्दानी बढेसँगै समाजमा पनि इज्जत बढेको उनले अनुभव गरेका छन् । पहिले सय रुपैयाँ नपत्याउनेहरु अहिले लाखौं रुपैयाँसम्म सहजै पत्याउँछन् । तरकारी खेतीमा जाजरकोटकै नमूना किसान रहेका उनले थुप्रैपटक उत्कृष्ट पुरस्कार हात पारिसकेका छन् ।
तरकारीको आम्दानीबाट उनले सदरमुकामा खलंगामा एउटा घर बनाएका छन् । सुर्खेतमा पनि घडेरी किनेका छन् । त्यतिमात्र होइन, गाउँमा थप पाँच रोपनी जग्गासमेत जोडेका छन् । आपूmले पढ्न नपाए पनि छोराछोरीलाई राम्रो शिक्षा दिलाएका छन् । ‘जीवनमा सफलता भन्ने कुरा यही त रहेछ,’ उनले भने, ‘आप्mनै माटोमा पसिना बगाएर सुख र सन्तुष्टी पाएको छु ।’