टिमुर खेतीमा आकर्षित @ magekhabar.com

http://pristine.imagekhabar.com/samachar/detail/47466/30/.meroml

सुर्खेतका कृषकहरु टिमुर खेतीमा आकर्षितमानबहादुर ओली/ईमेज  |  Published: April 21, 2015  |  मंगलवार 8 बैशाख, 2072  |  3:15 PM  |  Viewed: 1303 times

सुर्खेत, वैशाख ८ । राम्रो आम्दानी हुने देखेपछि सुर्खेतको धारापानी, मालारानी, मटेला, रानीवास, गर्पन, पाम्का, रतुका कृषक टिमुर खेतीमा लागेका छन् ।

टिमुर खेती विस्तार गर्न जिल्लामा उच्च कृषिमूल्य वस्तु विकास आयोजनाले विभिन्न क्रियाकलाप सन्चालन गरेको छ । उत्पादकत्व बढाउन र बजार विस्तार गर्न जिल्लाका २५ गाउँ विकास समितिका कृषक समूहलाई टिमुरखेतीसम्बन्धी सहयोग गरिएको छ ।
टिमुर विशेष गरी खानाको परिकारका साथै दन्तमन्जनलगायतका दर्जनौं औषधि बनाउन प्रयोग गरिने उच्च कृषिमूल्य वस्तु विकास आयोजनाका विज्ञ गिरीधर अमात्यले जानकारी दिए ।
सुर्खेतमा उत्पादित टिमुर भारत हुँदै युरोपेली मुलुकका साथै जापान, दक्षिण कोरिया, अमेरिकासम्म पुग्ने गरेको छ ।