स्याउँ भण्डारण @meroonlinenews.com

http://meroonlinenews.com

स्याउँ भण्डारणका लागी सेलार स्टोरस्याउँ भण्डारणका लागी सेलार स्टोर

कर्णालीमा स्याउँ खेतीको इतिहास धेरै लामो छ । घरका आँगन र खेतको छेउछाउमा आफुले खानका लागि स्याउँका विरुवा हुर्काइन्थ्यो ।
मलजल तथा गोडमेल विना नै स्याउँ फल्दथ्यो । स्थानीयले बोटमा फलेको स्याउ आफै खान्थ्ये । बचेको स्याउँ गाई भैंसीलाई खुवाउथे । गाइवस्तुले पनि खान नसकेको स्याउँ कुहिएर नष्ट हुन्थ्यो ।यो सवै समस्या स्याउँले उचित बजार नपाउदा भएको हो । राजनीतिक अस्थिरताले पनि विकास हुन सकेन । र स्याउँ उत्पादनका हिसावले उत्कृष्ट क्षेत्र सधै ओझेलमा परिरह्यो । सुर्खेत—जुम्ला सडक जोडिएसँगै स्याउँ विक्रि हुन थाल्यो । यातायातले मानिसहरुको आवत जावत बढायो । र स्याउँको बजार बढ्यो । वस्तुभाउलाई खुवाउने र कुहिएर नष्ट हुने स्याउँ विक्री हुन थाल्यो । स्थानीय स्याउँ विक्रीबाट नगद कारोबार गर्न पाए । परम्परागत मकै, कोदो खेती गर्दै आएका किसान स्याउ खेतीमा आकर्षित हुन थाले । कोदो मकै धान फल्ने खेत स्याउका बैगचा भए । स्थानीयको जीवन धान्ने बुटी स्याउँ बन्यो ।अहिले कालिकोट र जुम्लामा कर्णालीकै उत्कृष्ट स्याउँ पाइन्छ । स्याउँ उत्पादनका लागि सरकारी तथा गैरसरकारी निकायको सहयोग एवम किसानको स्याउँ खेतीको आकर्षणले उत्पादनमा वृद्धि भएको हो । स्याउँ संकलन र प्रशोधन जस्ता गतिविधिमा सुधार भयो । सवैको स्याउँ एउटै समयमा संकलन हुन थाल्यो । स्याउँको आपूर्ति एकै समयमा हुनाले किसानले उचितमुल्य पाउन सकेनन । स्याउँलाई कसरी बढि मुल्यमा बेच्ने भन्नेमा किसानहरु सोच्न थाले । यसको एउटै उपाय वेसिजनमा स्याउँ बेच्नु । यसका लागि किसानले घरमा नै चिस्यान आउने ठाउँमा राख्न थाले । सोचे जस्तो भएन । स्याउँले मुल्य पाउनुको साटो उचित वातावरण नहुँदा त्यसरी राखेको स्याउँ नष्ट हुन थाल्यो ।

स्याउँ मूल्य श्रृंखलामा कालिकोट र जुम्लामा काम गरिरहेको उच्च मूल्य कृषि वस्तु विकास आयोजनाले यस्तो समस्या समाधानका लागि सहयोग ग¥यो । जुम्लाका स्याउँ उत्पादक समुह सहकारीसलाई शुन्य शक्तिमा आधारित सेलार स्टोर निर्माणमा सहयोग ग¥यो । जुम्लाका उर्थु, तलीहुम, भण्डारीवाडा, कात्र्तिकस्वामी मा सेलार स्टोर निर्माण भए ।यो शुन्य शक्तिमा आधारित स्थानीय प्रविधि हो । यसमा राखेको स्याउँ ५।६ महिनासम्म जस्ताको त्यस्तै रहने गर्दछ ।
अहिले यसरी राखेको स्याउँले मुल्य पाएको छ । यसले किसानको आम्दानीमा थप सहयोग गरेको छ । यस्ता सेलार स्टोर किसानका साथै समुह सहकारीको आम्दानीको सारथी बनेको छ । स्याउँ मुल्य श्रृंखला अन्तरगत आयोजना क्षेत्रमा उन्नत भण्डारण प्रविधिको पाइलटिङका रुपमा शुन्य शक्तिमा आधारित पन्ध्र टन क्षमताका तीन वटा सेलार स्टोर निमार्ण भएका हुन । १५ टन क्षमताको यस्ता स्टोर निर्माणको प्रति स्टोर कुल लागत औषतमा रु १८ लाख लाग्यो जसमा आयोजनाकोबाट औषत प्रति स्टोर रु१६ लाखको सहलगानी भएको छ भने बाँकि २ लाख कृषक समुहले ब्यहोरेका छन ।आयोजनाको सहयोगले अफसिजन विक्रिका लागि सेलार स्टोरले राम्रो काम गरेको छ । बोटबाट सिधै बजारमा पु¥याउने किसान अहिले समुह सहकारीसगँ सहकार्य गरी सेलार स्टोरमा भण्डार गरी अफसिजनमा समेत व्यवसाय गरी रहेका छन् । स्थानीयको अनुकुलनतामा प्रयोगमा ल्याइएको शुन्य शक्तिमा आधारित सेलार स्टोर किसानको अतिरिक्त आम्दानीको बलियो श्रोत बनेको छ ।