सेलार स्टोरमा मूल्य @ नेपाल समाचार पत्र दैनिक

http://www.newsofnepal.com/2018/07/29/125850/

सेलार स्टोरले किसानलाई सहज



प्रकाश पन्त, उर्थु, जुम्ला
चारबर्ष अघिसम्म पातारासी गाउँपालिका –६, उर्थु चैती बिष्टले खाल्डो खनेर स्याउ राख्नु हुन्थ्यो । झण्डारणको व्यवस्था नहुँदा खाल्डोमा गहुँ, जौको भूस हालेर स्याउ राख्नु पथ्र्यो उहाँले भन्नुभयो, ‘यसरी राख्दा स्याउ कुहिन्थ्यो । लामो समयसम्म रहदैन्थ्यो । तर अहिले स्याउ भण्डारण गर्न कुनै समस्या छैन । स्याउ टिपेर सेलार स्टोरमा राख्छौ, खाल्डोमा राख्ने चलन हटिसक्यो ।’

स्याउ भण्डारण गर्ने ठाउँ नहुँदा उर्थुकै बिजुला बिष्टले पनि चारबर्ष पहिलेसम्म काठको भकारीभित्र स्याउ राख्नु हुन्थ्यो । भकारीमा राखेको स्याउ चाउरिने र मुसाले खाने समस्या हुन्थ्यो, उहाँले भन्नुभयो सेलार स्टोरमा राख्न थालेपछि चैत्र बैसाखसम्म पनि स्याउ जस्ताकै तस्तै हुन्छ ।

उच्च मूल्य कृषि वस्तु विकास आयोजनाले उर्थुमा दुईतले सेलार स्टोर निर्माण गरिदिएपछि चैती र बिजुला जस्ता धेरै स्याउ किसानलाई चैत्र बैसाखसम्म स्याउ राख्न सहज भएको छ । भण्डार गर्ने ठाउँ नहुँदा कहिएर खेर जाने डरले सस्तोमै बेच्न बाध्य थिए । तर अहिले सेलार स्टोरमा राख्दा डुलाएर वेच्नु पदैन । स्याउले मूल्य पनि दोब्बर पाएको छ ।

स्याउको पकेट क्षेत्र उर्थुमा आयोजनाले १९ लाख ९५ हजार रुपैयाँ लागतमा १५ टन क्षमताको सेलार स्टोर निर्माण गरेको छ । ३ लाख ८० हजार ५ सय ५० रुपैयाँ स्थानीय कालिका कृषि बहुउद्देश्यीय सहकारी संस्थामा आबद्ध किसानको पनि खर्च भएको छ ।

सिजनका बेला प्रतिकेजी ४०÷४५ रुपैयाँमा बिक्री हुने स्याउ सेलार स्टोर आएपछि चैत्र–बैसाखमा प्रतिकेजी एक सय २० रुपैयाँसम्म बिक्री हुने गरेको पवित्रा विष्टले बताउँनु भयो ।
सेलार स्टोरबाट उर्थुका ७२ घरपरिवार प्रत्यक्ष लाभान्वित भएको सहकारीका अध्यक्ष परेउ बिष्ट उल्लेख गर्नुभयो । ‘स्याउ कुहिनबाट जोगियो, किसानले मूल्य पाए, उहाँले भन्नुभयो, ‘सेलार स्टोर त हाम्रा लागि बरदान बनेको छ ।

उच्च मुल्य कृषि वस्तु विकास आयोजनाले उर्थुका साथै तलीउमको उम्गाड, भण्डारीवाडा, कात्र्तिकस्वामीको बारकोटवाडामा पनि सेलार स्टोर निर्माण गरेको छ । शुन्य शक्तिमा आधारित स्थानीय प्रविधि भएकोले सेलार स्टोरमा राखेको स्याउ ५÷६ महिनासम्म जस्ताको त्यस्तै रहन्छ । सेलार स्टोरकै कारण बेमौसमा पनि जुम्लामा आर्गानिक स्याउ पाइने गरेको छ ।
सेलार स्टोरमा भूइँ तला र माथिल्लो तलामा स्याउ भण्डारण गरिन्छ । सेलार स्टोरमा लामो समयसम्म राख्दा स्याउमा दाग नलाग्ने र नकुहिने गरेको सपना विष्टले बताउँनु भयो । सेलार स्टोरले किसानको आम्दानी बढाउन पनि उत्तिकै सहयोग गरेको छ ।

उच्च मूल्य कृषि वस्तु विकास आयोजनाका प्रमुख राजेन्द्रप्रसाद भारीले कालिकोट र जुम्लामा स्याउ उत्पादनका लागि ६९ वटा समूह र सहकारीलाई स्याउ उत्पादन र वजारीकरणमा सहयोग गरेको बताउँनु भयो । आयोजनाले स्याउ भण्डारणको लागि सेलार स्टोर निर्माण गर्नुको साथै किसानलाई स्याउ टिप्ने औजार, वोक्ने डोको र क्यारेट दिएको छ भने व्यापारीसँग पनि सम्वन्ध जोडिदिएको उहाँले उल्लेख गर्नुभयो ।

आयोजना प्रमुख भारीले भन्नुभयो, जुम्ला र कालिकोटमा स्याउ मूल्य श्रृंखलामा आयोजनाले आठ करोड ९५ लाख ९७ हजार रुपैया लगानी गरेको छ भने त्यसवाट दुई हजार ५५ घरधुरीका किसानलाई प्रत्यक्ष रुपमा लाभ मिलेको छ ।