चार लाखको ग्रेडिङ मेसिन @ hemantakhabar.com

http://www.hemantakhabar.com/technology/2973/

कृषि सङ्कलन केन्द्रलाई रु चार लाखको ग्रेडिङ मेसिन

Wpfreeware 10:15 PM Technology

2017-01-08 09:49

जुम्ला, २४ पुस । दलित सदस्यहरु मात्र आबद्ध रहेको गज्र्याङ्कोट २ र ३ जुम्लामा स्थापित कृषि सङ्कलन केन्द्रलाई रु चार लाखको स्याउ ग्रेडिङ मेसिन सहयोग गरिएको छ ।

उच्च मूल्य कृषि वस्तु विकास आयोजना (एचभिएपी) ले ग्रेडिङ मेसिन सहयोग गरेको हो । ग्रेडिङ मेसिनसहित आयोजनाले रु १६ लाख ९० हजार बराबर भवन निर्माणमा सहयोग पु¥याएको आयोजनाका कृषि अधिकृत सुरेशकुमार थापाले जानकारी दिनुभयो ।

भारतको हरियाणा राज्यको अम्बला सहरबाट मेसिन खरिद गरी कृषक समूहलाई हस्तान्तरण गरुन्जेल रु चार लाख लागत पर्न गएको अधिकृत थापाले बताउनुभयो ।

कृषक समूहकहाँ आइपुगेको चलाउन योग्य ग्रेडिङ मेसिन शनिबार कृषि सुपर जोन जुम्लाका प्रमुख विष्णुप्रसाद शर्माले स्विच दबाएर मेसिन सञ्चालनमा ल्याउनुभयो । मेसिन सञ्चालनपश्चात् सुपर जोन जुम्ला प्रमुख शर्माले घर आँगनमै आएको ग्रेडिङ मेसिनले स्याउ कृषकलाई राम्रो सहयोग पुग्ने बताउनुभयो ।
चार वाटको बत्तीले सञ्चालन हुन सक्ने यो मेसिनले सुपर ए, सुपर बी, ए, बी, सी र डीसम्म स्याउ ग्रेडिङ गर्ने बताइएको छ ।
मेसिन सञ्चालन तथा प्रदर्शन कार्यक्रममा सहभागी व्यक्तिहरुले उक्त कृषक समूहले स्थापना गरेको भवनलाई कृषि वस्तुमात्र नभई स्याउ सङ्कलन केन्द्रका रुपमा विकास गर्न सल्लाह दिएका थिए । ग्रेडिङका लागि समय छोटो लाग्ने र आफ्नै आँगनमा स्याउ विभिन्न श्रेणीमा विभाजन गर्न पाइने भएपछि त्यस क्षेत्रका किसान खुसी भएका छन् । रासस