स्याउ खेतीबाट मालामाल video @ image tv

http://archive.imagekhabar.com/news/economy/apple/8680

स्याउ खेतीबाट मालामाल, अन्न बाली लगाउनै छाडे (भिडियो)

शुक्रबार, ३१ भदौ, २०७३ मा प्रकाशित,

जुम्ला, भदौ ३१ । कर्णालीका जुम्ला र कालिकोट स्याउ उत्पादनका उर्बर क्षेत्र हुन् । खाद्य संकट व्यहोर्दै आएका यहाँका बासिन्दा सुर्खेत–जुम्ला सडक खुलेपछि स्याउ खेतीमा आकर्षित भएका छन् ।

मानबहादुर वली
जुम्ला, भदौ ३१ । कर्णालीका जुम्ला र कालिकोट स्याउ उत्पादनका उर्बर क्षेत्र हुन् । खाद्य संकट व्यहोर्दै आएका यहाँका बासिन्दा सुर्खेत–जुम्ला सडक खुलेपछि स्याउ खेतीमा आकर्षित भएका छन् ।

कृषिमा धेरै सम्भावना बोकेको जुम्लामा सीप र ज्ञानलाई परिचालन गर्ने हो भने स्थानीयको जीवनमा परिवर्तन आएका प्रशस्त उदाहरण छन् ।

जुम्ला पटमारा– ९ उर्थुकी बली विष्ट अन्न उत्पादन हुने खेतमा स्याउ लगाएसँगै अहिले बर्षमा २ लाख रुपैयाँभन्दा बढी आम्दानी गर्छिन् । यही आम्दानीबाट उनले आफ्नो पुरै परिवारको खर्च चलाइरहेकी छिन् ।

उच्च मूल्य कृषि वस्तु विकास आयोजनाको अनुदान सहयोगमा परम्परागत खेती छोडी स्याउ उत्पादनलाई उनले व्यवसायिक बनाएकी हुन् । आयोजनाले कालिका कृषि वहुउद्देश्यीय सहकारी संस्थामार्फत प्राविधिक र आर्थिक सहयोग गरेपछि स्याउ उत्पादनले आत्मनिर्भर गराएको बली विष्टको भनाइ छ ।

बली त एक उद्दाहरणमात्र हुन् । पटमाराका प्रत्येक घरका महिला स्याउ खेतीमा संलग्न छन् । केही बर्ष अघिसम्म फुर्सदिला बनेका यहाँका महिलाहरु अहिले स्याउ बगैंचा रेखदेखमा सक्रिय छन् ।

आयोजनाले स्याउ खेतीलाई व्यावसायिक बनाउन समुहका सदस्यलाई साक्षरता कक्षा, बगैंचा काटछाँट, स्याउ संकलन सामग्री लगायत स्याउ भण्डारणका लागि सेलार स्टोरमा सहयोगले किसानको आम्दानीमा वृद्धि भएपछि स्याउ खेतीमा आकर्षण बढेको सहकारीकी अध्यक्ष चैती विष्ट बताउँछिन् ।

जुम्लाको आर्गानिक स्याउले राम्रो मूल्य पाएपछि कृषकको अनुहारमा चमक आएको छ । यतिबेला व्यापारीहरु घर–घरमा गएर स्याउ किन्न थालेपछि अघिल्लो वर्षको तुलनामा यस वर्ष आम्दानी बढी हुने कृषकले अपेक्षा राखेका छन् ।

कृषिको विकासका लागि सरकारी नीजि साझेदारीमा सञ्चालित उच्च मूल्य कृषि वस्तु विकास आयोजनाले कालिकोट र जुम्लाका ६९ समूह तथा सहकारीमार्फत करिव १९ सय घरपरिवारलाई समेटेर स्याउ मूल्य श्रृंखलामार्फत स्याउ उत्पादक कृषकलाई सहयोग गरिरहेको छ । स्याउ मूल्य श्रृंखला अन्तर्गत स्याउ उत्पादन र बजारीकरणका लागि किसानको आवश्यकतामा आधारित काम गरिएकाले लक्ष्य प्राप्त भएको आयोजना प्रमुख राजेन्द्र भारीको भनाइ छ ।

निर्वाहमुखी कोदो, मकैजस्ता खेतीमा सीमित रहेका यहाँका कृषकहरु आयोजनाको सहयोगपछि व्यवसायिक स्याउ उत्पादनबाट जीवनशैली परिवर्तन गर्न सफल भएका छन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

https://www.youtube.com/watch?v=Ll_2TGm39FM