जाजरकोटको टमाटर सुर्खेतमा @ आर्थिक दैनिक

http://www.aarthikdainik.com/news_details/7649

जाजरकोटको टमाटर सुर्खेत बजारमा बिक्री

 

 

 

 

जाजरकोट, वैशाख १ ।,


अब स्थानीय बजारमा टमाटरको भाउ बढ्न सक्ने र उपभोक्ताले चर्को मूल्य तिर्नुपर्ने हुनसक्ने धेरैले अनुमान गर्न थालेका छन् । व्यावसायिक कृषि क्षेत्रमा लाग्ने किसानले भने यो सम्झौतालाई बजारीकरणको अवसरका रुपमा लिएका छन् ।

जाजरकोटका पाँचवटा कृषक समूहले व्यावसायिक टमाटरखेती गरेर हप्तामा ३० क्विन्टल टमाटर सुर्खेतको तरकारी मन्डीलाई बिक्री गर्ने गरेका छन् । व्यावसायिक रुपमा किसानले टमाटरखेती गर्न थालेपछि कृषक समूहले उत्पादित टमाटर सुर्खेतको तरकारी मन्डीलाई दिने गरेका हुन् ।सुर्खेतको वीरेन्द्रनगरमा रहेको लक्ष्मण देवकोटाको देवकोटा तरकारी मन्डीलाई जाजरकोटका नमूना लक्ष्मी कृषक समूह जगतिपुर–१ मटेला, सरस्वती कृषक समूह जगतिपुर–१ मटेला, भेरी काँस्तरा कृषक समूह जगतिपुर–१ काँस्तरा, त्रिवेणी कृषक समूह खलङ्गा–९ कालेगाउँ र प्रगतिशील कृषक समूह खलङ्गा–९ कालेगाउँले जिल्लाको एक ठाउँमा सङ्कलन केन्द्र बनाई हप्तामा ३० क्विन्टल टमाटर दिने लिखित सम्झौता गरी निर्यात गर्न थालेका छन् । उच्च मूल्य कृषि वस्तु विकास आयोजना (हाइ भ्यालु) जाजरकोटको समन्वयमा कृषक समूह र तरकारी मन्डीबीच लिखित सम्झौता भएको हो । सम्झौतापछि जाजरकोटका किसान र व्यापारीहरूमा व्यापारिक हलचल पैदा भएको छ ।
अब स्थानीय बजारमा टमाटरको भाउ बढ्न सक्ने र उपभोक्ताले चर्को मूल्य तिर्नुपर्ने हुन सक्ने धेरैले अनुमान गर्न थालेका छन् । व्यावसायिक कृषि क्षेत्रमा लाग्ने किसानले भने यो सम्झौतालाई बजारीकरणको अवसरका रुपमा लिएका छन् । उच्च मूल्य कृषि वस्तु विकास आयोजना (हाई भ्यालु) नेपाल सरकार कृषि मन्त्रालय, वन, पशु र नेपाल उद्योग वाणिज्य संघद्वारा सञ्चालित कार्यक्रम भएको हँुदा किसानका लागि विश्वासयोग्य कार्यक्रम भएको कार्यक्रम संयोजक युवराज कार्कीले बताए । सुर्खेतमा रहेको देवकोटा तरकारी मन्डीले विगत तीन वर्षदेखि सल्यान र दैलेखका किसानले उत्पादन गरेको तरकारी खरिद गरी सुर्खेत, नेपालगन्ज, चितवन र नारायणघाटका बजारमा तरकारी आपूर्ति गर्दै आएको संयोजक कार्कीको भनाइ छ । विगत केही वर्षयतादेखि लिङ्क÷हेल्भेटास स्विस इन्टर अप्रेसन नेपालको आर्थिक सहयोगमा पहाडी क्षेत्र विकास अभियान जाजरकोटले साना किसानको स्थानीय संस्था र बजारमा पहुँच कार्यक्रमका माध्यमबाट छिन्चु–जाजरकोट र छेडा–थलह रोड कोरिडोरअन्तर्गत जिल्लाका १२ वटा गाविसका व्यावसायिक कृषक समूहको कृषिजन्य उत्पादित वस्तुको बजारमा पहुँच पु¥याई बजारीकरणमा संस्थागत गर्न चार वटा सङ्कलन केन्द्र स्थापना गरेको साना किसानको बजार प्रवद्र्धक संयोजक कर्णबहादुर रोकायले बताए । जसमा दशेराको थलह, सिमाको मोर्क, खलङ्गाको मटेला र खलङ्गामा तरकारी सङ्कलन केन्द्र रहेका छन्, संयोजक रोकायले बताए । रासस