साक्षरता कक्षा @ radiorapti.org.np

http://www.radiorapti.org.np/news_detail.php?nid=55#

image not found

 

दुई दिने ब्यवसायिक साक्षरता कक्षा समिक्षा गोष्ठि
प्रद्युम्न उपाध्याय
फागुन १६,सल्लीबजार सल्यान
नेपाल सरकार कृषि बिकास मन्त्रालय उच्च मूल्य कृषि वस्तु विकास आयोजना ब्यवसायिक साक्षरता कक्षा समिक्षा गोष्ठि आजदेखि सल्यानको सल्लीबजारमा सुरु भएको छ । 
आयोजना ब्यवस्थापन कार्यालय सुर्खेत र पार्ड नेपाल सल्यानको आयोजनामा शुरु भएको गोष्ठिमा ३० जना किसानहरुको सहभागीता रहेको छ ।
चाँदे,मुलखोला,घाँजरी,माझकाँडा,कुपिण्डेदका किसानहरुको सहभागीता रहेको गोष्ठिमा उच्च मुल्य कृषि वस्तु विकास आयोजना सुर्खेतका मूल्य श्रृंखला विकास बिज्ञ शिखा तुलाधर ,जेसी बिज्ञ रेनु राई ,सामाजिक  समाबेशीकरण बिज्ञ शारदा शेर्पा र मूल्य कृषि वस्तु विकास आयोजना पार्ड नेपालका संयोजक कल्पना सेजवालले सहजीकरण गरिरहनु भएको छ । 
गोष्ठिमा किसानहरुले जैबिक मल बनाउने ,कृषि जन्य बस्तुमा बिषादी,छर्ने र सावधानीका बिषयमा जानकारी पाएको बताएका थिए । सो कार्यक्रममा संयोजक कल्पना सेजवालले कार्यक्रमको औचित्य माथि प्रकाश पार्नु भएको थियो । उहाले किसानहरुले मूल्य श्रृंखलामा आधारीत टिमुर खेती,बाख्रा पालन,अदुवा खेती,बेसार खेती,बिउ उत्पादन र बेमौसमी ताजा तरकारीमा काम गरीरहेका किसानहरुलाई निर्वाहमुखि खेतीबाट ब्यवसायीक खेती उन्मुख गराउनका लागि आबस्क पर्ने ज्ञान सीप र ब्यवसायीकता तर्फ उन्मुख गराई आर्थिक र सामाजिक स्तर सुधार गर्नका लागि ब्यवसायिक साक्षरता कक्षा समिक्षा गोष्ठिको आयेजना गरीएको बताउनु भयो ।
उहाले भन्नु भयो किसानहरुले सञ्चालन गरेका ब्यवसायीक साक्षरता कक्षा सञ्चालन गर्ने क्रममा देखिएका समस्या र उपलब्धिहरु आदान प्रदान गरी बिगतमा भएका कमजोरी पत्ता लागाई समस्या समाधान गर्नका साथै आर्थिक स्थिति सुधार ल्याउनका लागि र रणनीतिक योजना निर्माण गर्नका लागि तालिमको आयोजना गरीएको बताउनु भयो । गोष्ठि सोमवार सम्म सञ्चालन हुनेछ ।