बेसार प्रशोधन उद्योग @ paschimnepal.com

https://paschimnepal.com/2017/02/7130

तीन करोडको लागतमा बेसार प्रशोधन उद्योग बन्दै
   |

 
 

सुर्खेत । कुशे मिनरल्स एण्ड हर्बल प्रा.लि.को बेसार प्रशोधन उद्योगको शिल्यन्यास गरिएको छ । भेरीगंगा १३ काँसघारी सुर्खेतमा क्षेत्रीय कृषि निर्देशक शिवनारायण चौधरी र उच्च मूल्य कृषि वस्तु विकास आयोजनाका प्रमुख राजेन्द्रप्रसाद भारीले सयुक्त रुपमा भवनको शिल्यन्यास गरेका हुन ।

silanyas
भवनको शिल्यन्यास गर्दै उच्च मूल्य कृषि वस्तु विकास आयोजनाका आयोजना प्रमुख राजेन्द्र प्रसाद भारीले कृषकको उद्योग भएकाले स्थानीयलाई रोजगारी दिदै यस क्षेत्रको कृषि उत्पादनलाई अन्तराष्ट्रिय बजारको पहुँच गराउनु पर्ने बताए ।

उनले प्रशोधन अर्गानिक बेसार बजारको पहुँचसँगै कृषकले उचित मूल्य पाउनु पर्ने बताए । उद्योगले किसानसँग हातेमालो गरेर लगानीको सदुपयोग गर्नुपर्नेमा जोड दिएका उनले भवनसँगै आवश्यक मेसिनको यथासिघ्र खरिद गरी कामलाई तिव्रता दिनु पर्ने बताए ।

कार्यक्रममा क्षेत्रीय कृषि निर्देशक शिवनारायण चौधरीले किसानकै लागि सरकारले विभिन्न आयोजना सञ्चालन गरेको हुदा यसको फाइदा सवैले लिनु पर्ने बताए ।

जाजरकोटमा केहि समय खनिज पदार्थको उत्खननमा क्रियाशिल उद्योगले कृषि क्षेत्रको सम्भाव्यता अध्ययन गरी बेसार प्रशोधन उद्योग सञ्चालन गरेको उद्योगका अध्यक्ष भक्त शाहले बताए ।

२ करोड ६० लाख लगानी रहेको उद्योगमा चाटर क्यापिटल एण्ड इन्भेष्टमेन्ट कम्पनी सहित १३ शेयरकर्ता रहेको उनले जानकारी दिए । बार्षिक ५ सय मे.टन उत्पादन गर्ने लक्ष्य लिएको उद्योगले लगभग ८६ लाख उच्च मूल्य कृषि वस्तु विकास आयोजनाले अनुदान सहयोग गरेको छ ।