६२ प्रतिशत महिलाहरु लाभान्वीत @ नयाँ नेपाल दैनिक

http://www.enayanepal.com/archives/7377

उच्च मुल्य कृषि वस्तु आयोजनाबाट, ६२ प्रतिशत महिलाहरु लाभान्वीत

        नरजन तामाङ   |   सोमवार, बैशाख १८, २०७४ मा प्रकाशित   |   263 पटक पढिएको   |  

सुर्खेत,वैशाख । उच्च मुल्य कृषि वस्तु विकास आयोजनाले फागुन अन्तिम सम्म मात्रै ५ सय ३७ वटा उपआयोजना संञ्चालनमा ल्याएको छ ।

आयोजनाले कृषकहरुलाई मूल्य श्रृंखलामा समाहित गदै उत्पादन उत्पाकत्वमा वृद्धि गदै सर्वसाधारणहरुको आयआर्जनमा वृद्धि गर्ने उदेश्यले कार्यक्रम सञ्चालन गरेको हो । आयोजनाले प्रदेश नं ६ का ६ जिल्लाहरु सुर्खेत जाजारकोट, दैलेख,कालिकोट, जुम्ला,सल्यान लगायतका जिल्लाहरु र प्रदेश नं ७ को अछाम जिल्लामा काम गदै आएको छ ।
६० प्रतिशत महिलाहरुको सहभागिता लक्ष राखिएको कार्यक्रममा ६२ प्रतिशत,महिला सहभागिता रहेको आयोजनाको भनाई छ ।

त्यस्तै कार्यक्रममा ३४ प्रतिशत दलित र जनजतीहरुको सहभागिता रहेको जनाईएको छ । आयोजनाले ७ वटा मूल्य श्रृखलाहरुमा काम गदै आएको उच्च मुल्य कृषि वस्तु विकास अनुगमन तथा मुल्याङ्कन विज्ञ कृष्ण थापाले जानकारी दिए ।
थापाले ७ वटा मुल्य श्रृखाला स्याऊ,टिमुर, खसीबोका, अदुवा,बेसार बेमौसमी तरकारीका क्षेत्रमा उच्च आयोजनाले काम गदै आएको बताए । सामाग्री आपूर्तिदेखि उत्पादनमा लगानी गर्ने आयोजनाले सुर्खेत जिल्लाका अधिकंश ठाँउहरुमा विभिन्न अनुदान प्रदान गरेर कार्यक्रम सञ्चालन गरिरहेको छ ।

सुर्खेतमा वीरेन्द्रनगर नगरपालिका, भेरीगंगा नगरपालिका,गुर्भाकोट नगरपालिका,पञ्चपुरी नगरपालिका,लेखबेसी नगपालिका र ४ वटा गाँउपालिकाहरु चैकुने गाँउपालिका,बरहाताल,गाँउपालिका,चिङ्गगाँड गाँउपालिका,सिम्ता गाँउपालिकामा कार्यक्रमहरु सञ्चालन भैरहेका छन । हालसम्म आयोजनाबाट १४ हजार घरघुरी लाभान्वीत भएका छन भने आयोजना सञ्चालन भएपछि प्रभावित क्षेत्रमा प्रतिघरघुरी थप २३ हजार सम्मको प्रतिव्यक्ति आम्दानी भएको आयोजनाको दावि छ ।

उप आयोजनाले ४ वटा प्रशोधन केन्द्र अदुवाको लागी छिन्चुामा, बेसारको लागी जर्बुटा,स्याऊ जुसको लागी जुम्ला, बिऊ प्रशोधनको लागी काठमाडौमा प्रशोधन केन्द्र समेत स्थापना गरेको छ ।

अनुगमन तथा मुल्याङ्ककन विज्ञ थापाले हालसम्म आयोजनाले विभिन्न उत्पालित २ वटा वस्तु बैदेशिक क्षेत्रमै निर्यात समेत गरिसेकेको जानकारी दिदै जिल्लाबाट अदुवाको सुठो, टिमुर विभिन्न देशहरुमा निर्यात गरिसकेको बताए । हाल सम्म विभिन्न देशहरुको मागका आधारमा करिब ४९ लाख बराबरको १३ टन टिमुर २० लाख बराबरको १सय १ मेट्रिक्टन अदुवाको सुठो युरोपियन बजारमा पठाइसकोे र थप मागका आधारमा बाकि विभिन्न सामान पठाउने तयारी भैरहेको जनाएको छ ।

आयोजना सञ्चालन भएदेखी १० हजार ३ सय २७ मेट्रिक्टन विभिन्न बेमौसमी तरकारी उत्पादन भएको आयोजनाले जानकारी दिएको छ । हाल सम्म ७० करोड ६० लाख बराबरको आम्दानी भएको आयोजनाको भनाई छ । आयोजनाले लगत्तै सित भणडर टयाङ्गकी निमार्ण र कृषकहरुलाई कृषक गर्ने तयारी भैरहेको जनाएको छ ।