त्याे मात्र फलाउनु पर्छ @ onlinedabali.com

http://onlinedabali.com/archives/17622

जे फल्छ त्यही फलाउनु हुँदैन,जे बजारमा बिक्री हुन्छ त्याे मात्र फलाउनु पर्छ

- राजेन्द्र प्रसाद भारी, प्रमुख, उच्च मुल्य कृषि वस्तु विकास आयोजना

यो अयोजना कुन कुन जिल्लामा लागु भएको छ ?

उच्च मुल्य कृषि वस्तु विकास आयोजना नेपाल सरकारको कृषि विकास मन्त्रालयबाट सञ्चालन भएको सडक खण्ड सुर्खेतदेखि जाजरकोट दैलेख कालिकोट हुँदै जुम्ला कडिडरको समेटने गरी आसपासका जिल्लाहरु भनेर अहिले ७ वटा जिल्लाहरु जुम्ला कालिकोट, अछाम, दैलेख, सुर्खेत, सल्यान र जाजरकोटलागयतका जिल्लाहरुमा कार्यक्रम लागु भएको छ ।

आयोजनाको मुल उद्देशय कृषकहरुले बुझने भाषामा के हो ?

यो आयोजनाको उद्देश्य कृषकहरुलाई मूल्य श्रृंखलामा समाहित गदै उहाँहरुको उत्पादन उत्पाकत्व वृद्धि गर्दै आयआर्जनमा वृद्धि गर्ने यसको उद्देश्य हो । हाम्रो लक्ष्य के छ भने आयोजनाको अन्त सम्ममा करिबप्रति परिवार कम्तीमा पनि ३० हजारले अतिरिक्त्त आम्दानी आयोजना लागु भएको भन्दाअघि र पछाडी कसैको बढि पनि हुन सक्छ कसैको कम पनि हुन सक्छ । औशतमा ३० हजारले वृद्धि गर्ने लक्ष्य रहेको छ ।

अहिले सम्म आयोजनाले लक्षित समुदायमा के कस्ता काम गरेको छ ?

हाम्रो लक्षित समुदाय भनेको ७ वटा जिल्लामा १३ हजार ५ सय घरधुरीलाई प्रत्यक्ष समाहित गर्ने हो । १३ हजार ५ सय मध्ये १४ हजार ४ सय घरधुरीमा अहिलेसम्म पुगिसकेका छौँ, ति मध्ये अलि पुराना समुदायहरु पनि भए जसलाई ३÷४ वर्षदेखि सहयोग प्राप्त छ । अहिलेसम्म नयाँ पनि छ । उहाँहरुको क्षमता विकास गर्ने कुराहरु छ । आयोजनाको सहयोगले सम्रगमा ६० प्रतिशत महिलाहरुको सहभागिता हुने भन्ने छ ।

त्यसमा ६२ प्रतिशत महिलाहरुको सहभागित रहेको छ । भने त्यति परिवारमध्ये दलित र जनजाती २५ प्रतिशतको अनुपातमा अनिवार्य हुुनुपर्ने लक्ष्य थियो । अहिले १४ हजार ४ घरधरीलाई हेर्दा ३४ प्रतिशत दलित जनजातीहरुको रहेको छ ।

आयोजनाको कार्यक्रमले कति किसानले बीमा गनुभयो ?

बिमाको हाम्रो लक्ष्य नै छैन । तर बिमामा सहजीकरण गर्ने कुरा छ । बिमालाई बढाउनु पर्छ भनेर प्राविधिकहरुलाई बिमा सम्बन्धि तालिमहरु पनि प्रदान गयौँ । प्रत्येक जिल्लाहरुमा एउटा एउटा बिमा कम्पनीहरु छन् । त्यसलाई सहजीकरण गर्ने बिमा कम्पनीका एजेन्डका अभिकर्ताहरु कम छन् ।

जिल्लास्थित प्राविधिकहरुले अभिकर्ता लिनु भयो भने बिमा गर्ने संख्या बढ्छ । करिब ३० जना प्रविधिकहरुलाई तालिम दिई सकेका छौँ । अबको हाम्रो योजना भनेको स्थानीय तहमा बस्नु भएका स्थानीय श्रोत व्यक्तिहरु अगुवा किसानहरु ग्रामिण पशु स्वाथ्य कार्यकर्ता ग्रामिण कृषि कार्यकर्ताहरु जुन गाउँमै बस्नु भएको छ । एग्रो बेटहरु चलाउनु भएको छ । उहाहरुलाई लक्षित गरि तालिम दिने त्यो भएका किसानहरुको बिमा बढि भन्दा बढि हुन्छ ।

आयोजना केवल नारामा मात्र सिमित भएको भन्ने आरोप छ । के भन्नु हुन्छ ? 

खै हामी यस्तो सुनेका छैनौँ । १४ हजार भन्दा बढि किसानहरुसँग पुगि सकेका छौँ । १८ वटा जति कृषि व्यवसायी कम्पनीहरुलाई सहयोग गरी उनीहरुलाई आबद्ध गरेका छौँ । अदुवाको प्रशाेधन केन्द्र खुलेको हुनाले अदुवामा वृद्धि भएको छ । बेसारको प्रशोधन केन्द्र भएकोले बेसारको पनि वृद्धि भएको छ । खेर गएको जग्गाहरुमा बेसार अदुवा खेती गरेका छन् । यहाँको अदुवा विदेश जाने गरेको छ । अदुवा र बेसार आन्तरिक पूरा भएपछि विदेश पठाउने गरेका छन् ।

त्यस्तैगरी टिमुर डाबर नेपाललाई सम्पर्क गरेर आन्तरिक माग आपूर्ती र फ्रान्सको कम्पनीमा सहजीकरण गरेर सल्यान जाजरकोटको टिमुर विदेश, खास गरेर यूरोप निर्यात भएको छ । स्याउमा पनि कालिकोट र जुम्ला जिल्लामा स्याउमा सहयोग छ । स्याउको बजारीकरण गर्ने स्याउको उत्पादन वृद्धि गर्ने विभिन्न किसिमका प्रविधिक सहयोगहरु गरेका छौँ । समग्रमा हेर्दा राम्रै छ । त्यस्तो नकारात्मक कहि कतै पनि छैन । यहाँ आवेदन दिए जतिले पाएकाे छैन । सहकारी भएकाहरुले पाएका छन् । उहाँहरु एकदमै खुसी हुनुहुन्छ । आम्दानी पनि वृद्धि भएको देखिन्छ ।

उत्पादित वस्तुले बजार नपाएको भन्ने कृषकहरुको गुनासो कायमै छ नि ?

बजार नपाउने भनेको तरकारी मात्रै हो । अन्यमा समस्या छैन । खशी-बोकामा पनि समस्या छैन । स्याउमा समस्या छैन । स्याउमा यसै सिजनमा ७० रुपैयाँसम्म पाएका छन् । जबकी अघिल्लो वर्षमा ३५ रुपैयाँ बिक्री हुने गरेको थियो । यो वर्ष स्याउ खोसा खोस छ । खसीको मूल्य कहिले पनि घटेको छैन । वृद्धि भइराखेको पाइन्छ । यो खेर नजाने वस्तुहरु भए । अनि त्यसपछि टिमुर जति उत्पादन गरेपनि टिमुरले बजार पाएकै छ ।

२०६७-६८ मा यो आयोजना सुरु हुने बेलामा ८५–९० रुपैयाँमा केजीमा बिक्री हुन्थ्यो अहिले फ्रान्स जाने टिमुर कृषकहरुले खेतमै आफ्नो घरमै ३ सय ५० रुपैयाँ पाएका छन् । त्यसले आम्दानीमा वृद्धि भएको छ । अदुवा कहिलेकाही ५ रुपैयाँसम्म आउने अदुवा सम्झौता अनुसार ३५ बिक्री हुने गरेको छ ।

जुन व्यवसायीसँग सहजीकरण गराई दिएका छौँ । उहाँहरुको समस्या छैन । व्यसायीलाई बोलाएर अन्तरक्रिया गर्दै बिक्री वितरण गर्ने ठाउँमा समस्या छैन । तर, सम्भौता नगरि, व्यापार –व्यवसायलाई पहिचान नगरी उत्पादन गर्ने किसानहरुलाई बजारीकरणमा समस्या भएको छ ।

स्याउको बजारीकरण गर्ने स्याउको उत्पादन वृद्धि गर्ने विभिन्न किसिमका प्रविधिक सहयोगहरु गरेका छौँ । समग्रमा हेर्दा राम्रै छ । त्यस्तो नकारात्मक कहि कतै पनि छैन ।

अन्तमा किसानहरुलाई के सन्देश दिनु हुन्छ ?

जे फल्छ त्यही फलाउनु हुँदैन जे बजारमा बिक्री वितरण हुन्छ, त्यो मात्र फलाउनुपर्छ । बजारको माग के छ । कु्न व्यवसायसँग तपाईँहरुको सम्बन्ध राम्रो छ । कुन व्यवसाय कुन बजार बेच्ने हो । सुर्खेतमा बेच्ने होकी कहाँ बेच्ने हो ? बेमौसमी जस्तै अहिलेको काउली कार्तिकसम्म अथवा मंसिरसम्म फलाएको काउलीले बढी मूल्य पाउछ भने पुस माघको काउली ५ रुपैयाँ १० रुपैयाँमा पुग्न सक्छ, किन भने त्यो सिजनको कुरा हो । त्यतिबेला तरार्इँमा पनि धेरै काउली हुन्छ इन्डियामा पनि धेरै काउली हुन्छ ।

यदि बर्खे टमाटर लागउनु हुन्छ भने यहाँ टमाटर हुँदैन । त्यो बेला मध्य पहाडी जिल्लाहरुमा तरकारी हुँदैन । त्यो बेलामा तरकारी फलाए भने जुनसुकै भेराइटी बिक्री हुन सक्छ । बजारले कुनबेला के माग्योे त्यही बेला योजना बनाएर आफनो खेतबारीमा कुन बारीमा कुन तरकारी लगाउनु पर्छ ताकी राम्रो मूल्यमा बिक्री पाओस् । टमाटर सिधिएपछि के लगाउने, गर्मी मौसममा के लगाउने, भेण्टा लगाउने की करेला लगाउने भन्नेबारेमा राम्रो ज्ञान राख्नुपर्छ । जस्तै चैत-बैैशाखतिर करेला फलाउन सक्यो भने त्यसले राम्रो मुल्य पाउछ । फेरि असारतिर करेला र बोडी फाउयो भने कम पैसा पाउँछ ।

बजारको माग हेरेर कुन व्यवसाय सम्झौता गर्ने हो । त्यहीअनुसार व्यवस्थापन गर्नुपर्छ तर खर्चको रेकर्ड राख्नु पर्ने हुन्छ । कति खर्च भयो कति आम्दानी भयो भनेर सजिलो हुन्छ । कति नोक्सानी भयो ।

कति घरमा खर्च भयो कति बिक्रि भयो रेकर्ड राख्नुपर्छ । जस्तै गत वर्ष टमाटर ६० रुपैयाँमा बिक्री भएको थियो भने यो वर्ष ३० रुपैयाँमा बेच्नु भयो । अब टमाटर खेती नगर्ने । किन भने यो वर्ष घाटा भयो भन्ने गर्ने गरेका छन् । किन यस्तो भएको हो भने पोहोर साल उत्पादनमा कमि थियो बढी मूल्य पाएका हुन् । अहिले उत्पादन धेरै भयो कम मूल्यमा बिक्रि भएको हो ।

माग र आपूर्ति मूल्य निर्धारण गर्नुपर्छ । रेकर्ड राख्ने गर्नुपर्छ । आम्दानी घटेको छ की बढेको छ, घटेको भए के कारणले घटयो बढेको भए कसरी बढयो । कुनबेला कुन तरकारी खेती गर्दा बजारले मागेको छ । त्यहीअनुसार खेति गरेमा राम्रो हुन्छ ।