जाँगरिला जनक @ rarakhabar.com

http://www.rarakhabar.com/np/hami-sakchhau/6560

जाँगरिला जनक

कुनै बेला दैलेख, भगवतीमाई गाउँपालिका–३, मेहलतोलीका जनकराज रेग्मीलाई घरखर्च चलाउन हम्मे थियो । सामान्य बिरामी पर्दा समेत उपचारको लागि साहुसँग हात थाप्न जानुपथ्र्यो । अहिले उनको अवस्था फेरिएको छ । ‘उतिबेला अरुकोमा हात थाप्न जानुपथ्र्यो, अहिले उल्टै मेरोमा आउँछन्,’ उनले बिगत सम्झिँदै भने, ‘संघर्ष गरेपछि सफल भइँदो’रैछ ।’


जीवन परिवर्तनको राज के हो त ? २०६५ सालमा ३५ दिने ग्रामीण पशु स्वास्थ्य कार्यकर्ताको तालिम लिई जुन उद्देश्य तय गरे, उनी यसैलाई सफलताको आधार मान्छन् । तालिम सकिएपछि उनले एक वर्षमै शिशिर एग्रोभेट सेन्टर सञ्चालन गरे। सुरुमा झोलामा औषधी राखेर गाउँ–गाउँमा डुलेर पशुचौपायाको उपचार गरे । व्यवसाय सुधार गर्न उच्च मुल्य कृषि वस्तु विकास आयोजनाले रेग्मीलाई सहयोग ग¥यो । आयोजनाबाट औजार तथा उपकरण पाए । थप प्राविधिक ज्ञान पनि पाए । ‘त्यही एग्रोभेटले मलाई यहाँ सम्म ल्यायो,’ आयोजनाका स्थानीय नीजि सेवा प्रदायक उनी भन्छन्, ‘कामगर्ने इच्छा शक्ति र जाँगर भयो भने एक न एक दिन सफल भइन्छ ।’
उनले एग्रोभेटसँगै बेमौसमी तरकारी खेती, बाख्रापालन र नर्सरी पनि सुरु गरेका छन् । यी सबै व्यवसायबाट वर्षमा करिब चार लाख रुपैयाँ आम्दानी हुन्छ ।आपूmले पढ्न नपाएपछि छोराछोरीलाई राम्रो शिक्षा दिएका छन् । जेठीछोरी लक्ष्मीलाई कृषि जेटिए पढाएका छन् भने जेठो छोरा हेमन्तलाई पनि प्राविधिक शिक्षा पढाउने योजना बनाएका छन् । ‘छोराछोरीलाई आप्mनो खुट्टामा आफै उभिने गरी शिक्षा दिक्षा दिएको छु,’उनी भन्छन्, ‘घरमा पनि आर्थिक समस्या छैन, यतिभए त जीवनमा के चाहियो र ?’
रेग्मीले तीन÷तीन रोपनी जग्गामा तरकारी खेती र घाँसखेती गरेका छन् । यसले पनि काममा व्यस्त बनाउनुका साथै थप आम्दानी पनि दिलाएको उनको भनाइ छ ।
पहिले कालापहाड (भारत) जाने उनलाई अहिले घरमै भ्याइनभ्याई छ । उनी अहिले कामको लागि भारत लगायत तेस्रो मुलुक जाने युवालाई जाँगर लगाएर स्वदेशमै इलम गर्न सुझाव दिन्छन् । ‘युवाशक्तिले चाह्यो भने स्वदेशमै सुन फलाउन सकिन्छ,’उनीभन्छन्, ‘यसको लागि काम गर्ने जाँगर र इच्छा शक्ति चाहिन्छ ।’

प्रकाशित मितिः शुक्रबार, भदौ १, २०७५     9:03:16 AM