शाहीको समृद्धि सपना @ rarakhabar.com

https://www.rarakhabar.com/np/hami-sakchhau/6368

शाहीको समृद्धि सपना

सुर्खेतको पञ्चपुरी नगरपालिका–२ जंगलाका नरजंग शाहीले तीन वर्ष मलेसिया र दुई वर्ष साउदी अरबमा पसिना बगाए । गाउँमा केही बिकल्प नहुँदा उनी फेरि दुबई जाने तयारीमा थिए । त्यसको लागि काठमाडौंको सिनी हाइड्रो कम्पनीलाई पासपोर्ट बुझाइसकेका थिए । तर, जब विदाई हुन घर आए– गाउँमा आपूmजस्तै युवाले तरकारी खेती गरेको देखे । ‘मजस्तै साथीले घरमै बसिबसी राम्रो आम्दानी गरिरहेको देखेपछि मेरो मन एकाएक फर्कियो,’ उनले भने, ‘भिसा लागिसकेको पासपोर्ट फिर्ता लिएर तरकारी खेतीमा लागेँ ।’
यो २०७२ सालको कुरा थियो, जुन समयबाट उनले तुरुन्तै तरकारी खेती सुरु गरिहाले । चार रोपनी जग्गामा चार हजार बोट टमाटर लगाए । सुरुकै वर्ष ६ लाख रुपैयाँ बराबरको काराबारो भयो । सबै खर्च कटाएर तीन लाख ५० हजार रुपैयाँ बचत गरे । पहिलो वर्ष नै विदेशको भन्दा दोब्बर कमाइ भएपछि उनी निकै उत्साही भए । मासिक १० हजार रुपैयाँ दिनेगरी एकजना कर्मचारी राखे । अहिले उनी तरकारी बिक्री गरेरै वार्षिक ७÷८ लाख रुपैयाँ बचत गर्छन् । ‘उता (विदेश) गएको भए नोकर भइन्थ्यो, यहाँ मालिक भएर बसेको छु,’ उनले भने, ‘घरपरिवारसँग बसेरै यस्तो आम्दानी भएपछि किन विदेश जानु ?’


शाही अहिले आठ रोपनी बारीमा तरकारी खेती गर्ने योजनामा छन् । यसो भयो भने उनको आम्दानीमात्र बढ्ने छैन, थप केही युवाले रोजगारी पनि पाउनेछन् । ‘हामीजस्तै युवाहरुले खाडी मुलुकमा १६ घण्टा काम गर्दा मुस्किलले २० हजार कमाउँछन्,’ उनले भने, ‘अब मैले गाउँमै बसिबसी रोजगारी दिनसक्छु ।’ आपूmले पनि मासिक करिब ४०–५० हजार आम्दानी गरिरहेको उनले बताए ।
उच्च मूल्य कृषि बस्तु विकास आयोजनाले जंगलामा रहेको बरपिपल कृषक सूमहमार्फत किसानलाई व्यावसायिक तरकारी खेतीमा सहयोग गरेको छ । आयोजनाले सूमहलाई बेमौसमी तरकारी खेती, सिँचाई, सडक र तरकारी संकलन केन्द्रका लागिसमेत गरी ४१ लाख रुपैयाँ अनुदान सहयोग दिएको छ । उक्त समूहमा आवद्ध उनले आयोजनाको अनुदानले आर्थिक राहतका साथै प्रेरणा पनि मिलेको बताए ।
शाहीले तरकारी बेचेरै एउटा ट्याक्टर किनेका छन् । केही जग्गा पनि जोडेका छन् । तीन वर्ष साउदी अबर बसेर फर्केको कान्छो भाइ गणेशले अहिले उनको व्यवसायमा सघाइरहेका छन् ।शाहीको सपना छ– अब जंगला गाउँलाई नै आर्थिक रुपमा समृद्ध बनाउने । यसको लागि उनले युवालाई विदेश जानेभन्दा गाउँघरमै उद्यम गर्न परामर्श गरिरहेका छन् । ‘आ–आप्mनो सीप, क्षमता र दक्षतालाई उपयोग गर्दै उद्यम ग¥यौं भने समृद्धि टाढा छैन,’ उनी भन्छन्, ‘म अब त्यही अभियानमा लागेको छु ।’ HVAP को अनलाईनबाट साभार ।

प्रकाशित मितिः बिहिबार, बैशाख ६, २०७५     6:40:15 AM