सामाजिक परिचालक @ rarakhabar.com

http://www.rarakhabar.com/np/surkhet/5761

सामाजिक परिचालकको लागि अभिमुखिकरण तालिम

सुर्खेत, २३ असोज ।
सुर्खेतको वीरेन्द्रनगरमा सामाजिक परिचालकहरुको लागि सोमवारवाट तीन दिने अभिमुखिकरण तालिम सुरु भएको छ ।
उच्च मुल्य कृषि वस्तु विकास आयोजना सुर्खेतले गरेको तालिममा सुर्खेत, दैलेख, कलिकोट, जुम्ला, अछाम लगायतका जिल्लामा कार्यरत सामाजिक परिचालकहरुको सहभागीता रहेको छ ।तालिमको उदघाटन गदै उच्च मुल्य कृषि वस्तु विकास आयोजना सुर्खेतका प्रमुख राजेन्द्र प्रसाद भारीले आयोजनाको कामलाई प्रभावकारी वनाउनको लागि तालिम आयोजना गरिएको बताउनु भयो ।
विपन्न किसानको आयस्तर वृद्धि गर्ने आयोजनाको उदेश्य रहेको उल्लेख गदै उहाँले आयोजनाले लक्षित उपलव्धी हासिल गरेको जानकारी दिनुभयो ।
तालिममा सिकेका कुराहरुलाई व्यवहारमा उर्तानसके मात्र तालिम उपलव्धीमूलक हुने विश्वास समेत आयोजना प्रमुख भारीले व्यक्त गर्नुभयो ।
यस्तै बरिष्ठ कृषि अधिकृत चित्रबहादुर रोकायले उच्च मुल्य कृषि वस्तु विकास आयोजनाको सफलतामा टेकेर नयाँ आयोजना सुरु हुन लागेको बताउनु भयो ।
उहाँले आयोजनालाई प्रभावकारी र सफल बनाउनको लागि सहजकर्ताको अहंम भुमिका हुनेमा पनि जोड दिनुभयो ।
तालिममा आयोजनाले गर्ने काम, आर्थिक स्रोत, लगायतका वारेमा जानकारी दिइने योजना अधिकृत बुद्धिराज घिमिरेले जानकारी दिनुभयो 

प्रकाशित मितिः सोमवार, अशोज २३, २०७४     2:02:37 PM