माटो परिक्षण तथा व्यवस्थापन @rarakhabar.com

http://www.rarakhabar.com/np/surkhet/5956

माटो परिक्षण तथा व्यवस्थापन तालिम सुरु

सुर्खेत, १ मंसिर ।
सुर्खेतको वीरेन्द्रनगरमा नीजी प्राविधिक सेवा प्रदायकहरुको लागि वेमौसमी तरकारी बालीमा मोटो परिक्षण तथा व्यवस्थापन सम्वन्धी ४ दिने तालिम शुक्रवारदेखि सुरु भएको छ ।
उच्च मूल्य कृषि वस्तु विकास आयोजनाले आयोजना गरेको तालिममा जुम्ला, कालिकोट, अछाम, दैलेख, सुर्खेत, सल्यान र जाजरकोटका १६ जना नीजी प्राविधिक सेवा प्रदायकहरुको सहभागीता रहेको छ ।


तालिममा माटो परिक्षण तथा व्यवस्थापन, क्रप, नू एप्लीकेशन र जिआइएसमा आधारित अनुकूलता नक्साङकन बारेमा सैदान्तिक र व्यवहारिक जानकारी दिइनेछ ।
माटोको भौतिक, रासायणिक र जैविक गुणहरु, वोट विरुवाको लागि आवश्यक खाद्य तत्वहरु, विरुवामा खाद्य तत्वहरुको कमीका लक्षणहरु र सुधारका उपायहरुबारेमा पनि जानकारी दिइनेछ ।


यस्तै माटोको वनौट, मलखाद र सिार्य व्यवस्थापन, प्रांगारिक पदार्थको महत्व, स्रोतहरु र व्यवस्थापन, माटोको परिक्षण विधी, माटो परिक्षणका लागि नमुना संकलन, कीट वक्स विधीवाट माटोमा भएको खाद्य तत्वहरुको जाँच, र नजिताको आधारमा माटो व्यवस्थापन मलखाद सिफारिस वारेमा पनि सहभागीलाई ज्ञान दिइने आयोजनाका सेवा बजार सुदृढिकरण विज्ञ रामप्रसाद पुलामीले जानकारी दिनुभयो ।
तालिममा पिएच मिटरवाट माटोको अम्लिय र क्षरियपनको जाँच गर्ने तरिका, बालीको पोषक तत्वको प्रयोग र जिआइएसमा आधारित बाली अनुकुलता नक्साङकन बारेमा पनि सहभागीलाई सैद्धान्तिक र व्यवहारिक ज्ञान दिइने उहाँले बताउनु भयो ।
तालिममा माटो व्यवस्थापन निर्देशनालयका प्रमुख माटो विज्ञ इन्द्रबहादुर ओली र माटो विज्ञ वलराम रिजालले प्रशिक्षण दिइरहनु भएको छ ।


निमित्त आयोजना प्रमुख चित्रबहादुर रोकायको अध्यक्षताम भएको तालिम उद्घाटन कार्यक्रम क्षेत्रीय कृषि निर्देशक शीवनारायण चौधरीको प्रमुख आतिथ्तामा भएको थियो ।

प्रकाशित मितिः शुक्रबार, मंसिर १, २०७४     1:37:25 PM