तरकारी बेचेर, लखपति @ rarakhabar.com

http://www.rarakhabar.com/np/hami-sakchhau/6519

तरकारी बेचेर, लखपति

आठ वर्षअघि सामान्य तरकारी पसलबाट व्यवसाय सुरु गरेका भरतबहादुर बमले यति छिट्टै लोभलाग्दो सफलता चुम्लान् भन्ने कमैलाई लागेको थियो । तर, उनी दैलेखमा सफल तरकारी व्यवसायीको रुपमा कहलिएका छन् । ‘लखपति’ तरकारी व्यवसायीको रुपमा उनले आप्mनो परिचय बनाएका छन् ।
ठाँटीकाँध गाउँपालिका–३, पिपलचौताराका बमको गाउँमा खाद्य तथा किराना पसल थियो । तर, उनी उक्त व्यवसायमा सफल भएनन् । उधारो नउठेर घाटा लागेपछि ग्राहकको उधारो खाता गाउँमै छोडेर उनी २०६५ सालमा दैलेख बजारमा आए । पाँच महिना जति होटेल चलाए । त्यसमा पनि फाइदा भएन । त्यसपछि उनी लागे– तरकारी व्यवसायमा ।

भरतबहादुर बम

२०६६ सालमा मासिक तीन प्रतिशत व्याज तिर्नेगरी ३५ हजार रुपैयाँमा घुम्ती किने । समस्या यस्तो आइदियो, जहाँ राख्ने तरकारी खरीद गर्नको लागि पैसा थिएन । उनले एक हजार तीन सय रुपैयाँमा उधारो तरकारी खरीद गरी व्यवसाय सुरु गरे । पहिलो दिनमै तीन सय रुपैयाँ नाफा गरे । यसले उनलाई उत्साही बनायो ।
अहिले अवस्था बदलिएको छ । बम फलपूmल तथा सब्जीमण्डीका सञ्चालक उनलाई साँझ÷बिहान तरकारी बेच्न भ्याइनभ्याइ हुन्छ । उनी अहिले दैनिक २५÷३० हजार रुपैयाँको तरकारी बिक्री गर्छन् । यस हिसाबले उनको वार्षिक कारोबार दुई करोड ५० लाख रुपैयाँ पुग्छ । खर्च कटाएर वार्षिक करिब १५÷१६ लाख रुपैयाँ बचत गर्छन् । ‘मान्छेले संघर्ष ग¥यो भने सफलता पाउँदो रहेछ, मैले मेरो जीवनमा यसको अनुभूति गर्न पाएँ,’ उनी भन्छन् ।
दैलेखका उत्कृष्ट तरकारी व्यवसायी बमले सुरुका केही वर्ष आफै गाउँमा पुगेर तरकारी खरीद गरी ल्याए । अहिलेजस्तो सबै ठाउँमा यातायात सुविधा नहुँदा डोकोमा बोकाएर तरकारी बजारमा पु¥याउँथे । पक्कै पनि, परिश्रमको फल मिठो हुन्छ । उनी अहिले त्यही फलको स्वाद लिइरहेका छन् । ‘जति हन्डर खाए पनि हरेर खानुहुँदैन, निरन्तर संघर्ष गर्नुपर्छ,’ उनले भने, ‘मेरो सफलताको पछाडि पनि यही कारण हुनसक्छ ।’
१३ सय रुपैयाँमा उदारो लगेर तरकारी व्यवसाय सुरु गरेका बमले अहिले तरकारी किन्नको लागि २१ लाख पाँच हजार रुपैयाँमा गाडी किनेका छन् । यसमा उच्च मूल्य कृषि वस्तु विकास आयोजनाले ६ लाख पाँच हजार रुपैयाँ सहयोग गरेको छ । आयोजनाले पनि उनको संघर्ष तथा लगन देखेर गाडी किन्न सहयोग गरेको हो । यसका साथै आयोजनाले डिजिटल तराजु, क्रेट, क्षमता अभिबृद्धिसम्बन्धी तालिम पनि दिएको छ । ‘गाडी किन्ने खासै योजना थिएन,’ उनले भने, ‘हाइ भ्यालु (आयोजना)ले गाडी किन्ने पे्ररणा दियो, त्यसपछि आँट गरेँ ।’ उनी अहिले सोही गाडीमा नारायण नगरपालिकाका साथै नौमुले, दुल्लु, डाँडीमाडी, कुशापानी, चामुण्डा, बेस्तडा, चौराठा, महावुगाउँलगायत ठाउँबाट तरकारी ल्याउने गर्छन् ।
तरकारी बेचेर उनले चार भाइबहिनीलाई राम्रो शिक्षा दिइरहेका छन् । बुवाआमाको हेरचाह गर्नेदेखि घरखर्च पनि तरकारीकै आम्दानीबाट चलेको छ । तरकारी बेचेरै केही जग्गा जोडेका छन् । ‘बिगतमा कमजोर आर्थिक अवस्थाले धेरै दुःख पाइयो,’ उनले भने, ‘अब त दिन फिरे, अझै मिहिनेत गर्नुछ ।’
सानो लगानी भए पनि धेरै मिहिनेत गर्दा राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन् बम । हरेक व्यवसायमा सफल हुन लगनशील पनि हुनुपर्ने उनी बताउँछन् । ‘व्यापार गर्नको लागि एकैपटक ठूलो लगानी चाहिन्छ भन्ने होइन,’ उनी भन्छन्, ‘धैर्यवान भएर काम ग¥यो भने एक दिन अवस्य सुख पाइन्छ ।’