तरकारी खेतीमा नयाँ प्रविधि अपनाउँदै किसान @ नेपाल समाचारपत्र दैनिक

http://www.newsofnepal.com/2018/07/25/124484/

तरकारी खेतीमा नयाँ प्रविधि अपनाउँदै किसान



प्रकाश पन्त, बीरेन्द्रनगर ।
सुर्खेतको बीरेन्द्रनगर नगरपालिका –४, खोर्केका किसान आधुनिक प्रविधिको प्रयोग गरी व्यसायिक तरकारी खेतीमा जुटेका छन् । आधुनिक प्रविधिको प्रयोग गर्दा थोरै लगानी र मिहिनेतमा बढी आम्दानी लिन सकिने भएपछि उनीहरु आधुनिक प्रविधिको प्रयोगमा आकर्षित भएका हुन् ।

नेट प्रविधि प्रयोग गर्नु भएकी डम्बरी पौडेलले किराबाट जोगाउन, गुणस्तरीय तरकारी फलाउन र लागत खर्च कम गर्न नेट प्रविधिले सहयोग गरेको बताउँनु भयो । एक दशकदेखि तरकारी खेती गदै आउनु भएकी उहाँले दुई वटा फलामका स्थायी टनेल बनाउनु भएको छ । किरा छिर्न नमिल्ने गरी टनेललाई जालीले बेरिएको छ । भने तापक्रमलाई नियन्त्रण गर्नको लागि ग्रिन नेट राखिएको टनेलमा पौडेलले टमाटर लगाउनु भएको छ ।
टनेलमा लगाइएको प्रत्येक टमाटरको जरामा थोपा प्रबिधिबाट सिचाई गर्ने व्यवस्था मिलाइएको छ ।

नेट प्रविधिको प्रयोगवाट उत्पादन गरिप्एको तरकारीले बढी मूल्य पाउने गरेको छ । खुला र बाँसको अस्थायी टनेलको तुलनामा नेट प्रविधिको प्रयोग गरी वनाइएको टनेलभित्र खेती गर्दा आम्दानी लिन सकिने उहाँले उल्लेख गर्नुभयो । ६ महिना अघिसम्म खुला ठाउँमा तरकारी लगाउथ्यौ । रोग कीरा लागेर हैरान बनाउथ्यो । नेट प्रविधिमा हाईभ्यालुले सहयोग गरेपछि एकतिर रोग किराको समस्याबाट मुक्त भएका छौ भने अर्कोतिर आम्दानीमा पनि बृद्धि भएको छ । पहिला एक सिजनमा २५/३० हजार रुपैया आम्दानी हुन्थ्र्यो, अहिले एक सिजनमै करिव एक लाख रुपैया आम्दानी भयो ।

खोर्केमा रहेको शितल कृषि तथा पशुपालन समुहमा आवद्ध २० जना किसानलाई उच्च मूल्य कृषि वस्तु विकास आयोजनाले नेट प्रविधिको लागि १८ लाख २५ हजार रुपैया अनुदान दिएको थियो भने किसानले पनि आफनो तर्फबाट ८ लाख ४१ हजार रुपैया लगानी गरेका छन । आयोजनाको सहयोगपछि किसानले १८ मिटर लम्वाई र ६ मिटर चौडाई भएको टनेल निर्माण गरी तरकारी लगाएका छन ।

नेट प्रविधि भित्याएपछि तरकारी खेती गर्न निकै सजिलो भएको किसान रम्बाा पन्त गिरीले बताउँनु भयो । खुला रुपमा तरकारी लगाउँदा किराले हैरान पाथ्र्यो, सिचाईको लागि बारीभरी कूलो चार्नु पर्दा पानी पुग्दैन्थ्र्यो ।
झार गोडमेल गर्न कामदार लगाउनु पथ्र्यो उहाँले भन्नुभयो, तर अहिले उच्च प्रविधिको कारणले धेरै सजिलो भएको छ । तापक्रम नियन्त्रण, थोपा सिचाई, मल्चिङ प्लास्टिकको प्रयोग हुने र कीरा छिर्न नपाउने भएकाले यो प्रविधि व्यावसायीक तरकारी खेतीका लागि निकै उपयोगी भएको पनि गिरीले बताउँनु भयो ।

६ वर्षदेखि तरकारी खेती गर्दै आउनु भएकी उहाँले ६ महिना अघिबाट यो प्रविधिको प्रयोग गरी टमाटर, बन्दा, काउलीलगायत तरकारी लगाउनु भएको छ ।

नेट प्रविधि युक्त तीन वटा टनेल बनाउनु भएकी उहाँ एक सिजनमा एउटा टनेलबाट कम्तिमा पनि ५० हजार रुपैया आम्दानी हुने बताउँनु हुन्छ ।

पाँच रोपनीमा तरकारी खेती गर्नु भएकी उहाँले तरकारीकै आम्दानीबाट छोराछोरी पढाउन, घरखर्च लगाउन पुगेको पनि उल्लेख गर्नुभयो । समुहमा आवद्ध किसानले यो प्रविधिको प्रयोगपछि वर्षमा कम्तिमा पनि ५० हजार देखि ३ लाख रुपैयासम्म आम्दानी गर्ने समुहका कोषाध्यक्ष समेत रहनु भएकी रम्बा पन्त गिरीले जानकारी दिनुभयो ।

फलामको पक्की टनेलमा काठको ठ्याक्राको साटो डोरी, अड्याउनको लागि क्लीप, पानीको लागि थोपा सिचाई, झार उम्रिन नदिन मल्चिङ प्लाष्टिक, तापक्रम नियन्त्रण गर्न ग्रीन नेट, किरा पस्न नदिन इन्सेक नेटको प्रयोग गरिएको हुनाले किसानलाई यो प्रविधिले निकै सजिलो भएको छ ।

नेट प्रविधिको प्रयोगले झन्झट कम र आम्दानी बढी हुने भएकोले किसान परम्परागत खेती छाडेर नयाँ प्रविधितर्फ अग्रसर हुन थालेको आयोजनाका प्रमुख राजेन्द्रप्रसाद भारीले बताउँनु भयो ।

बेमौसमी तरकारी खेतीको लागि आयोजनाले सुर्खेतसहित आयोजना लागु भएका दैलेख, जाजरकोट, सल्यान, कालिकोट, जुम्ला र अछाम जिल्लाका किसानलाई यो प्रविधि अपनाउन सहयोग गरेको पनि उहाँले बताउँनु भयो ।